प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

गण्डकीविरुद्ध एपिएफको खराब प्रदर्शन

काठमडौं । एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध खराब प्रदर्शन गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा समूह ए को खेलमा एपिएफले गण्डकीलाई जितका लागि मात्र एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर ब्याटिङका लागि आएको एपिएफ ३५.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १५ रनमा सीमित भएको थियो । 

रन खाता नखोल्दै ओपनर प्रदिप ऐरीलाई गुमाएको एपिएफले ५ रन जोड्दा आसिफ शेखलाई गुमायो ।

एपिएफका लागि भुवन कार्कीले अविजित २४ रन जोड्दा लोकेश बम र सन्दिप जोराले समान २२ तथा पुनर बिकले २३ रन जोडे । 

गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले समान तीन तथा सुवास भण्डारीले दुई विकेट लिए ।

गण्डकी र एपिएफले समान दुई खेल जितेका छन् ।