फाल्गुन ३, २०८२ आइतबार | ०९:३८:१७
पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि
शनिबारको दिन विराट काेहली

किङ कोहली

तपाईं भारतीय क्रिकेटको समर्थक हो भने विराट कोहली असाध्यै मन पर्न सक्छ । सबै भारतीय क्रिकेट टिमकै समर्थक हुनुपर्छ भन्ने पनि छैन । जो समर्थक होइनन्, तिनलाई कोहली उत्तिकै मन नपर्न सक्छ ।

कोहलीले मैदानमा देखाउने हाउभाउ नै कस्तो छ भने यसले यो खेलका समर्थकहरू ठ्याक्कै दायाँबायाँ छुट्टिन्छन् । तर यहाँनिर एउटा अर्को तथ्य छ । त्यो हो, मन पराउनु र नपराउनु आफ्नो ठाउँमा छ, तर कोहलीलाई बेवास्ता भने गर्न सकिन्न ।

अहिले अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप क्रिकेट चलिरहेको छ । सुपर–१२ का खेल सकिनै सकिन लागेको छ । यसबीच कुनै एक खेलाडीले सबैको नजर आफूतिर तानेको छ भने तिनै कोहली हुन् । भारतको सुपर–१२ को पछिल्लो खेल बंगलादेशविरुद्ध थियो । त्यसमा पनि कोहली ‘प्लेयर अफ द म्याच’ भए ।

मज्जाले नटआउट ६४ रन बनाए । त्यसै खेलमा बंगलादेशी खेलाडीले के पनि आरोप लगाए भने कोहलीले आफूहरूप्रति ‘छल’ गरे । 

बंगलादेशी खेलाडीले ठ्याक्कै यस्तै हो भनेर त्यसलाई प्रमाणित गर्न सकेनन् । यो जितले भारतको सेमिफाइनल प्रवेश लगभग निश्चित जस्तै भएको छ । भारतको अबको खेल भने जिम्बावेविरुद्ध छ । विश्वास गर्न सकिन्छ, त्यो खेल भारत जित्ने छ र एकपल्ट फेरि कोहली ब्याटबाट छाउने छन् ।

यो विश्वास स्वाभाविक पनि छ, किनभने यसपल्टको ट्वान्टी–२० विश्वकपमा सबैभन्दा बढी रन बनाएका खेलाडी कोहली नै हुन् । अरू होइनन् । 

बंगलादेशविरुद्धको यही खेलबाट उनी ट्वान्टी–२० विश्वकपमै सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । श्रीलंकाका माहेला जयवद्र्धनेलाई उछिनेका छन् । जयवद्र्धनेको नाममा १ हजार १६ रनको कीर्तिमानलाई कोहलीले उछिनेका हुन् । कोहलीले यो सफलता २३ इनिङ्समा पाएका छन् । जयवद्र्धनेले भने त्यति रनका लागि ३१ इनिङ्सको सामना गरेका थिए । 

अस्ट्रेलियामा भारतको पहिलो खेल ग्रुप–२ मा पाकिस्तानविरुद्ध नै थियो । अब भारतको खेल पाकिस्तानविरुद्ध, त्यसमाथि विश्वकप । कुरा अलग्गै हुने त भयो नै । त्यसमै कोहलीले गजबसँग खेले । भारत हारको संघारमा थियो, तर कसरी हो कसरी कोहलीले त्यो खेलमा भारतलाई जिताए । 

खेल सकिँदा पाकिस्तानी खेलाडी मनमनै कुरा खेलाइरहेका थिए होलान्, आखिरमा खेलचाहिँ कसरी गुमायौं भनेर ? त्यस खेलमा कोहलीले ५३ बलमा जादुयी ८२ रन बनाएका थिए, त्यो पनि फेरि नटआउट रहेर । वास्तवमै अहिले उनको ब्याट बोलिरहेको छ अनि त्यही ब्याटले उनका आलोचकका मुख पनि बन्द भइरहेको छ । खास कुरा यही हो । नत्र, यो विश्वकप सुरु हुनु अगाडि यस्तो भन्नेहरू धेरै थिए, अब कोहली ‘कोहली’ रहेनन् । 

हुन पनि उनी एक प्रकारले खराब लयबाट गुज्रिरहेका थिए । टेस्ट होस् वा वान डे, ट्वान्टी–२० नै सही, कोहली रन बनाउन संघर्षरत थिए । केही त यस्ता पनि निस्के, जसले उनलाई भारतीय टिमबाट हटाउनुपर्छ भन्ने समेत रहे । अहिले चुपचाप रहनेहरू तिनै हुन् । कोहलीले अहिलेका सबै स्थिति हेरेर यस्तै यस्तै आशयमा भनिरहेका छन्, ‘म इतिहासमा फर्कन चाहन्न, जे भयो भयो । मेरो काम अहिले राम्रो खेल्नु हो । अहिले मलाई खेल्नमा मज्जा पनि आइरहेको छ । तर एउटा कुरा ठीक हो, काम गर्नु भनेको बोल्नु जत्तिको सजिलो भने छैन ।’ (एजेन्सीको सहयोगमा)