जेष्ठ ११, २०८२ शनिबार | ०३:३६:४६
खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने

मुम्बई प्लेअफमा, बाहिरियो दिल्ली

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध ५९ रनको सहज जित दर्ता गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)  को प्लेअफमा प्रवेश गरेको छ।

यससँगै प्लेअफ पुग्ने चारै टिमको टुंगो लागेको छ। गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्सले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका थिए ।

पाँच पटकको च्याम्पियन मुम्बईले ११औं पटक प्लेअफको यात्रा तय गरेको हो ।

जिसँगै १३ खेलमा १६ अंक जोडेको मुम्बई चौथो स्थानमा छ । हारसँगै लिग चरणबाटै बाहिरिएको दिल्ली समान खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ ।

बुधबार वान्खडे क्रिकेट रंगशालामा घरेलु टोली मुम्बईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछाएको दिल्ली १८.२ ओभरमा १२१ रनमै समेटियो ।

दिल्लीका लागि समीर रिज्भीले ३९, विपराज निगमले २०, आशुतोष शर्माले १८ र केएल राहुलले ११ रन बनाए ।

मुम्बईका लागि मिचेल स्यान्टनर र जसप्रित बुमराहले समान तीन, कर्ण शर्मा, ट्रेन्ट बोल्ड र दीपक चहारले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले‌ निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा सात चौका र चार छक्काको मद्दतले अविजित ७३ रनको योगदान गरे । यसैगरी तिलक बर्माले २७, रायन रिकेल्टनले २५, नमन धिरले अविजित २४ र विल ज्याक्सले २१ रन बनाए ।

सूर्यले छैटौं विकेटका लागि नमनसँग अविजित ५७ तथा चौथो विकेटका लागि तिलकसँग ५५ रनको साझेदारी गरेका थिए ।

दिल्लीका लागि मुकेश कुमारले दुई तथा  दुस्मन्थ चमिरा, मुस्ताफिजुर रहमान र कुददीप यादवले समान एक विकेट लिए ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL