असार ८, २०८२ आइतबार | ०८:२८:२२
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

लखनउसँग गुजरात पराजित

काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ होडबाट बाहिरिसकेको लखनउ सुपर जायन्ट्ससँग ३३ रनको हार बेहोरेको छ ।

हारका बाबजुद १३ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा कायम छ ।  जित निकालेको लखनउ समान खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ ।

बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा पाहुना टोली लखनउले  प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि शाहरुख खानले २९ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साई सुदर्शनले २१ रन बनाए ।

चौथो विकेटका लागि शाहरुख र शेरफनबीच ८६ रनको साझेदारी भएको थियो । लखनउका लागि विलियम ओ’रोर्कले तीन, आवेश खान र आयुष बदोनीले समान दुई तथा शाहबाज अहमद र आकाश सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा दुई विकेट गुमाएर २३५ रनको योगफल बनाएको थियो ।

लखनउका लागि मिचेल मार्शले ६४ बलमा १० चौका र आठ छक्काको मद्दतले सर्वाधिक ११७ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले २७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले अविजित ५६ र एडेन मार्करमले ३६ रन बनाए ।

मिचेलले दोस्रो विकेटका लागि निकोलससँग १२१ तथा पहिलो विकेटका लागि एडेनसँग ९१ रनको साझेदारी गरेका थिए ।

गुजरातका लागि अर्शद खान र साई किशोरले समान एक विकेट लिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team