असार ८, २०८२ आइतबार | ०७:४८:३५
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

टुसालविरुद्ध प्लानिङ ब्वाइजको फराकिलो जित, पहिलो हाफमै फागुरामको पाँच गोल

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत टुसाल युवा क्लबविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै प्लानिङ ब्वाइज युनाइटेडका फरवार्ड फागुराम थारु, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले श्री टुसाल युवा क्लबविरुद्ध ८–३ को फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न अन्तिम चरणको खेलमा च्याम्पियन प्लानिङ ब्वाइजका लागि फागुराम थारु एक्लैले पाँच गोल गरे । फागुरामका पाँचवटै गोल पहिलो हाफमा सम्भव भएका हुन् । लिगकै उच्च गोलकर्ता बनेका फागुरामको यो १४औं गोल हो । यसबाहेक रामबाबु कुमार शाह, ओम प्रकाश चौधरी र प्रताप सिंह राईले समान एक गोल गरे ।

पुछारबाट दोस्रो स्थानमा रहँदै यसअघि नै रेलिगेशनमा झरिसकेको टुसालका लागि सुजन माझी, प्रदीप सुनार र विनोद नेम्बाङले गोल फर्काए । यो हारसँगै टुसालले १३ खेलमा मात्र ११ अंक जोड्दै लिग टुंगायो । टृुसालसँगै पुछारको नयाँबस्ती युवा क्लबले यसपाली दोस्रो डिभिजनको हैसियत गुमायो । नयाँबस्तीले मात्र पाँच अंक जोड्न सक्यो ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत टुसाल युवा क्लबविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै प्लानिङ ब्वाइज युनाइटेडका फरवार्ड फागुराम थारु, तस्वीर सौजन्यः एन्फा ।

जितसँगै प्लानिङ ब्वाइज अपराजित रहँदै शीर्ष डिभिजनमा बढुवा भएको छ । १० जित र तीन बराबरी खेलेको प्लानिङ ब्वाइज कूल ३३ अंक जोड्न सफल रह्यो ।

दिनको दोस्रो खेलमा शीर्ष डिभिजनमा बढुवा भइसकेको अर्को टोली श्री भगवती क्लबले सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा नै हुने यो खेल दिउँसो ३ः३० बजे हुनेछ । यो खेलपश्चात् समापन समारोह कार्यक्रम हुने तालिका छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team