काठमाडौं । साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ आफ्नो पहिलो खेलमा सानदार जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
विभागीय टोली पुलिसले खेल २५-१९, २५-१८,२५-१८ ले आफ्नो पक्षमा पर्यो ।
जितसँगै पुलिसले तीन अंक जोडेको छ । पराजित एभरेस्टको पनि दुई खेलबाट तीन अंक नै छ ।
पहिलो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २२-२५, २५-१०, २५-१७, २५-१३ ले पराजित गरेको थियो ।
शुक्रबारै सम्पन्न महिलातर्फको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० सोझो सेटमा हराएको थियो ।
एकतर्फी खेल न्यु डायमन्डले २५-१३, २५-१०, २५-१० ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
