काठमाडौं । विभागीय प्रतिद्धन्द्धी एपिएफ फुटबल क्लबलाई ३–१ ले पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसले एपिएफविरुद्ध पुनरागमन जित हासिल गरेको हो । पुलिसको जितमा नवीन गौतम, समीर कुमार र राजु दर्जीले समान एक गोल गरे । एपिएफले पुजन ढकालको गोलमार्फत सुरुआती अग्रता लिएको थियो ।
जितसँगै पुलिस तीन खेलमा स्पष्ट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । तीन खेलमा एपिएफको यो दोस्रो हार हो ।
दिनको पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडलाई ९–० ले हरायो । दोस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबमाथि ३–१ को जित दर्ता गर्यो ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH