आइसिसी यु-१९ विश्वकप

यु-१९ विश्वकपका लागि नेपाली टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । दक्षिण अफ्रिकाका हुने आइसिसी यु-१९ विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यु-१९ विश्वकप जनवरी १९ देखी फेब्रुअरी ११ सम्म हुनेछ । समूह ‘डी’ मा नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । 

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका तथा समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । यस्तै समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् ।

नेपालले आइसिसी एसिया छनोटमा घरेलु टोली संयुक्त अरब ईमिरेट्स (युएई) लाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले जनवरी २४ मा पाकिस्तान र २७ मा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाली टोली 
देव खनाल( कप्तान), गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दिपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द