नेपाल क्रिकेट संघ

विश्वकपमा छनोट हुने टोलीलाई क्यानले जनही एक लाख दिने

काठमाडौं । घरेलु टोली युएईलाई हराउँदै आइसिसी यु-१९ विश्वकपमा छनोट हुने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोटको बिहिबार सम्पन्न खेलमा युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो ।

यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो ।

यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु-१९ विश्वकप खेलेको थियो ।