काठमाडौं । सर्बियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
सातौं वरीयताका जोकोभिचले बुधबार पोर्चुगिज खेलाडी जेमी फारियालाई ३-१ को सेटमा पराजित गरे ।
मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेका जोकोभिचले दोस्रो सेट भने ६-७ (४-७) ले गुमाएका थिए । त्यसपछिका दुई सेटमा ६-३, ६-२ ले विजयी हुँदै जोकोभिचले अघिल्लो चरणको यात्रा गरे ।
जोकोभिचले तेस्रो चरणमा चेक रिपब्लिकका टोमास माचाचको सामना गर्नेछन् । माचाचले दोस्रो चरणमा अमेरिकाका राइली ओपेल्कालाई ३-६, ७-६ (७-१), ६-७ (५-७), ७६( ७-४), ६-४ ले निरास बनाए ।
यसैगरी स्पेनिस स्टार कार्लोस अल्कारेजले पनि जापानी खेलाडी योशिहितो निशियोकाविरुद्ध ६-०, ६-१, ६-४ को जित निकाल्दै तेस्रो चरणमा स्थान सुरक्षित गरे ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO