काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध १० विकेकेटको सानदार जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।
जितसँगै १२ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा उक्लिएको छ । पराजित दिल्ली सामन खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ ।
गुजरातको जितले समान १७ अंक जोडेका रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्सल प्ले अफमा स्थान बनाएका छन् ।
अरुण जेट्ली क्रिकेट मैदानमा घरेलु टोली दिल्लीले प्रस्तुत गरेको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
गुजरातका लागि साई शुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्कासहित अविजित १०८ रनको योगदान गरे । यसैगरी कप्तान शुभमन गिलले ५३ बलमा सात छक्का र तीन चौकासहित अविजित ९३ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रनको योगफल तयार पारेको थियो ।
दिल्लीका लागि केएल राहुलले ६० बलमा १४ चौका र चार छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे । यसैगरी अभिषेक पोरेलले ३०, कप्तान अक्षर पटेलले २५ र ट्रिस्टन स्टब्सले अविजित २१ रन बनाए ।
दोस्रो विकेटका लागि केएल र अभिषेकले ९० रनको साझेदारी गरेका थिए । लखनउका लागि अर्शद खान, प्रसिद्ध कृष्ण र साई किशोरले समान एक विकेट लिए ।