मंसिर २३, २०८२ मंगलबार | १०:४२:५१
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

बाबुकै पदछाप पछ्याउँदै मिष्टी श्रेष्ठ

दोहोरो स्वर्ण पदकका साथ मिष्टी श्रेष्ठ ।

काठमाडौं । नेपाली करातेमा मण्डेकाजी श्रेष्ठ चिरपरित नाम हो । उनले सन् २०१९ मा घरेलु भूमिमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुल (साग) मा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाएका थिए ।

उनले सागमा एकल र टिम काताका स्वर्ण पदक जितेका थिए । उनले अन्य धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाललाई पदक दिलाइसकेका छन् ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दा थुप्रै घरेलु प्रतियोगितामा पदक जितेका श्रेष्ठ अहिले प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।  

अब फेरिएको भूमिकामा पनि मन्डेकाजी उत्तिकै अब्बल रूपमा प्रस्तुत भइरहेका छन् । मन्डेकाजीसँगै राजेश श्रेष्ठ र केदार सिंखडाको प्रशिक्षणमा नेपाल प्रहरीले नेपाली करातेमा पछिल्लो समय एकछत्र राज गरिरहेको छ ।

पहिलो स्वर्ण जितेपछि मिष्टी श्रेष्ठ । 

नेपाली अब्बल  कराते खेलाडी उत्पादनमा लागिरहेका मण्डेकाजीकी छोरी मिष्टी श्रेष्ठ पनि यही खेलमा आफ्नो भविष्य बनाउने प्रयासमा छिन् ।

हुने विरुवाको चिल्लो पात भने झै मिष्टीले विद्यालयस्तरका विभिन्न प्रतियोगितामा आफूलाई अब्बल साबित गरिसकेकी छन् । उनी पनि बाबुकै पदछाप पछ्याइ रहेकी छन् ।

भक्तपुरको माउन्ट सिनाइ इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यायनरत १४ वर्षिय मिष्टीले पनि आफूलाई सम्भावना बोकेको खेलाडीका रूपमा स्थापित गराएकी छन् । 

मिष्टीले भर्खरै सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन् ।

दोहोरो स्वर्ण पदकका साथ मिष्टी श्रेष्ठ । 

उनले १४-१५ उमेर समूहमा कुमुते ५३ केजी तथा एकल कतामा स्वर्ण पदक जितेकी हुन् ।मिष्टीको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas