जेष्ठ ६, २०८२ सोमबार | ०३:४५:५४
साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर) नेहाल बधेरा र शशांक सिंहको अर्धशतक, राजस्थानलाई २२० रनको लक्ष्य अन्तर्राष्ट्रिय पदक विजेता युवा टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्रीको बधाइ साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन रोयल्सको दोस्रो जित बिएनए कपमा भ्याली पब्लिकलाई दोहोरो उपाधि राजस्थानविरुद्धको जितले पञ्जावको प्लेअफ सम्भावना बलियो रेलिगेसन नजिक टुसाल, मध्यपुरसहित पाँच टोलीले दोस्रो डिभिजनको हैसियत जोगाए मन्त्री चौधरीबाट कभर्डहल निरिक्षण र छड्के (फोटो फिचर) नेहाल बधेरा र शशांक सिंहको अर्धशतक, राजस्थानलाई २२० रनको लक्ष्य अन्तर्राष्ट्रिय पदक विजेता युवा टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्रीको बधाइ

थाइल्यान्ड आइसिसी महिला ट्वान्टी-२० विश्वकपकाे ग्लोबल छनोटमा

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर-३ को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले युएईविरुद्ध ५४ रनको जित दर्ता गरेको छ ।

आइतबारको जितसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । अब नेपाल र युएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसकारण सोमबार एक अर्काको सामना गर्दा दुवै टोली जित्नै पर्ने दबाबमा हुनेछन् ।

नेपालले युएईलाई हराएका एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । यदी हार बेहोरेमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

 टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको युएईले २० ओभर नै ब्याटिङ गरे पनि  ९० रन मात्रै बनाउन सक्यो ।

युएईका लागि हिना होटचन्दनीले ३२ ,उडेनी डोनाले अविजित १७,  लाभन्या केनीले १४ र कप्ता इशा ओजाले ११ रन बनाए ।

थाइल्यान्डका लागि थिपाच्चा पुथावोङले दुई तथा चनिडा सुथिरुङ र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए ।

त्यसअघि जितेर ब्याटिङको निर्णय लिएको थाइल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नटाया बुचाथमले ४९, नथ्थकन चन्थमले अविजित ४६ र  कप्तान नन्नापत कोन्चारोएनकाईले ३९ रन बनाए ।

युएईका लागि इशा ओजाले दुई तथा सुरक्षम कोटे, केटी थम्पसन र एथिगे सिल्भाले समान एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP