काठमाडौं । विराट कोहलीको टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णयले भारतीय क्रिकेटलाई झस्काउँदा सम्पूर्ण खेल जगत आश्चर्यचकित भएको छ ।
कप्तान रोहित शर्माले केही दिनअघि मात्र संन्यास लिएको घटनापछि आएको यो निर्णयले भारतीय क्रिकेटका लागि दोहोरो आघात पुर्याएको मानिएको छ । विशेष गरी जुन महिनामा भारतले इङ्ल्यान्डसँग ५ टेस्टको कठिन श्रृंखला खेल्ने तालिका छ । जहाँ दुई कप्तानको संन्यासका कारण भारतीय टिममा ब्याटिङ अनुभव खट्किनेछ ।
रोहित जस्तै कोहलीले पनि आफ्नो संन्यासको घोषणा इन्स्टाग्राममार्फत गरे, जहाँ उनका २७० मिलियनभन्दा बढी फलोअर्स छन् ।
कोहलीलाई भारतका पूर्व कप्तान तथा तत्कालीन छनोट समितिका अध्यक्ष तथा दिलीप वेंगसरकरले अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गराएका थिए ।
‘म यो स्वरुपबाट टाढा हुँदैछु । यो निर्णय सजिलो छैन । तर मलाई यो सही समय हो भन्ने लाग्छ,’ उनले लेखेका छन् ।

कोहलीको यो निर्णयप्रति प्रतिकृयाको ओइरो लागिरहेको छ । जसमा हालका र पूर्व खेलाडी, युवा र दिग्गज, अनि टेनिसका स्टार नोभाक जोकोभिच र फुटबल स्टार ह्यारी केनजस्ता अन्य खेलका हस्तीहरु पनि छन् । यसले कोहलीको विश्वव्यापी प्रभाव देखाउँछ ।
२००८ मा भारतलाई यु-१९ विश्वकप जिताएका कोहलीलाई भारतका पूर्व कप्तान तथा तत्कालीन छनोट समितिका अध्यक्ष तथा दिलीप वेंगसरकरले अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गराएका थिए । यद्यपि, धेरैले उनलाई त्यतिखेर अपरिपक्व मानेका थिए ।
अस्ट्रेलिया भ्रमणमा टिम संकटमा परेका बेला उनले पहिलो शतक प्रहार गरे । त्यसयता क्रिकेट करियरमा कोहलीले फेरि कहिल्यै पछाडि फर्किनु परेन ।
वेंगसरकर सम्झन्छन्, ‘भारतीय क्रिकेट बोर्डका धेरै सदस्यहरूलाई लाग्थ्यो कि ऊ अझै धेरै युवा छ । तर, त्यसबेला पनि उसले घरेलु क्रिकेटमा अत्यधिक रन बनाइरहेको थियो र ऊ सफल हुन निक्कै आतुर देखिन्थ्यो ।’
कोहलीको क्रिकेटप्रतिको समर्पण एक मार्मिक क्षणमा प्रकट हुन्छ । दिल्लीका लागि रणजी ट्रफीमा दोस्रो खेल खेल्दै गर्दा उनका पिताको अचानक निधन भयो । उनी असहय शोकमा थिए । टिम संकटमा थियो । कोहलीले आफ्नो शोकलाई थाँती राख्दै पिताको अन्त्येष्टी सकिनेवित्तिकै टिममा फर्किएर संघर्षपूर्ण ९० रन बनाए ।

वेंगसरकरको समर्थनले कोहलीलाई २००९ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरायो । २३ वर्षको उमेरमा उनी २०११ को विश्वकप विजेता टिमका सबैभन्दा युवा सदस्य थिए । त्यसको केही सातापछि उनले वेस्ट इन्डिजविरुद्ध टेस्ट ‘डेब्यु’ गरे । त्यसपछि अस्ट्रेलिया भ्रमणमा टिम संकटमा परेका बेला उनले पहिलो शतक प्रहार गरे । त्यसयता क्रिकेट करियरमा कोहलीले फेरि कहिल्यै पछाडि फर्किनु परेन ।
सचिन तेन्दुलकरले २०१३ मा संन्यास लिएपछि कोहलीले भारतीय टिममा आएको सनसनीपूर्ण ब्याटिङ क्षमताको त्यो अभाव पूरा गरे ।
साहसी र आक्रामक स्वभावका उनी सधै कुनै पनि प्रतिस्पर्धीसँग भिड्न तयार हुन्थे । यही स्वभावका कारण उनको कहिलेकाहीँ आलोचना पनि हुने गर्दथ्यो । तर, उनले आफ्नो आक्रामक स्वभावलाई नै आफ्नो पहिचान बनाए । सबै स्वरुपमा रन जोड्न सक्ने खुबी र निखारिएको शैलीले उनलाई असाधारण स्तरमा पुर्यायो ।
सचिन तेन्दुलकरले २०१३ मा संन्यास लिएपछि कोहलीले भारतीय टिममा आएको सनसनीपूर्ण ब्याटिङ क्षमताको त्यो अभाव पूरा गरे । भारतको त्यही खाँचो पूरा गर्दै उनी क्रिकेट इतिहासमै गर्व गर्न लायक एउटा शानदार करियर निर्माण गर्न सफल भए ।

कोहलीको क्रिकेट जोश सधैं उनको व्यवहारमा प्रकट हुन्थ्यो । कोहलीका उत्कृष्ट इनिङहरूले २१औ शताब्दीको उदाउँदो भारतलाई प्रतिनिधित्व गरिरहयो । साच्चै क्रिकेटमा उनका उपलब्धिहरू अत्यन्तै प्रभावशाली छन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा उनी सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् ।
एकदिवसीय क्रिकेटमा उनी उच्च रन बनाउने ब्याटरमा तेन्दुलकर र कुमार संगाकारापछि तेस्रो स्थानमा छन् । तर १०० भन्दा बढी खेल खेलेका ब्याटरहरुमा कोहलीको सबैभन्दा उच्च औसत ५७.८८ छ । कोहलीले धेरैजसो शतक लक्ष्य पछ्याउने क्रममा बनाएका छन् । त्यसैकारण कोहली क्रिकेट समर्थकसामु ‘चेज मास्टर’ को उपनामले परिचित छन् ।
ट्वान्टी-२० क्रिकेटमा उनी शीर्ष पाँच उच्च रनकर्तामा परेका छैनन् । तर सन् २०२२ को विश्वकपमा पाकिस्तानविरुद्ध अविजित ८२ रन र २०२४ को फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ७६ रनले उनलाई अमर बनाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा उनी सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । एक समयमा, उनी सबै स्वरुपमा औसत ५० भन्दामाथि कायम राख्न सफल भएका थिए ।
कप्तानको रूपमा कोहलीले ६८ टेस्टमा कप्तानी गर्दा ४० जित हासिल गरे, जुन भारतीय क्रिकेटका निम्ति अपार सफलता हो ।
तर, कोभिड महामारीपछि उनको प्रदर्शन खस्कियो । २०१४ देखि २०१९ को समयमा उनले १८ महिनामा ६ दोहोरो शतक बनाएका थिए । तर त्यसपछि रन बनाउने क्रम घट्दै गयो । टेस्टमा औसत ५५ बाट घटेर ४६.७५ मा झर्यो ।

उनले टेस्ट करियर ९ हजार २३० रनमा टुंग्याए । जुन समग्रमा १९औं स्थानमा र भारतीयहरूमा तेन्दुलकर, द्रविड र गावस्करपछि चौथो स्थानमा पर्छ । तर उनलाई केवल यो आँकडाले मापन गर्नु न्यायपूर्ण हुँदैन ।
कप्तानको रूपमा कोहलीले ६८ टेस्टमा कप्तानी गर्दा ४० जित हासिल गरे, जुन भारतीय क्रिकेटका निम्ति अपार सफलता हो ।
पूर्व अस्ट्रेलियन कप्तान ग्रेग च्यापल भन्छन्, ‘कोहलीको ऊर्जा, अडान र नेतृत्वले भारतीय क्रिकेटलाई रूपान्तरण गर्यो ।’
२०१८ मा अस्ट्रेलियालाई उसकै भूमिमा हराउनु भारतीय टिमका निम्ति युगकै सबैभन्दा ऐतिहासिक उपलब्धि थियो ।
पूर्व भारतीय कप्तान र प्रशिक्षक रवि शास्त्रीका अनुसार कोहलीले भारतलाई विशेष गरी विदेशी भूमिमा एक लडाकू टिम बनाएका थिए ।
शास्त्री भन्छन्, ‘आइसिसी वा आइपिएल उपाधि नपाएको कुरा उनको कप्तानीको कमजोरी होइन । उनी सँधै जित्न खेल्थे, तीव्रता र फिटनेसको उच्च स्तर माग्थे । जसमा उनी आफूलाई नै एक उदाहरणको रुपमा प्रस्तुत गर्थे ।’

सात वर्ष कोहली-शास्त्री युगमा भारत तीन वटै स्वरुपमा प्रायः शीर्ष तीनमा रह्यो ।
२०१८ मा अस्ट्रेलियालाई उसकै भूमिमा हराउनु भारतीय टिमका निम्ति युगकै सबैभन्दा ऐतिहासिक उपलब्धि थियो ।
कोहलीको यो संन्यासमा उमेर, परिवारसँग समय बिताउने चाहना, निरन्तरको आलोचना र भारतीय क्रिकेटको आन्तरिक राजनीति कारणहरु हुन सक्छन् ।
तर, २०२४ मा अस्ट्रेलिया भ्रमण उनका लागि अन्तिम बन्न पुग्यो । पहिलो टेस्टमा शतक बनाए पनि बाँकी श्रृंखलामा उनी कमजोर देखिए । पाँच टेस्टमा केवल १९० रन बनाउन सके ।
यो संन्यासको निर्णयमा त्यो कमजोर प्रदर्शनको कति भूमिका रह्यो, भन्न गाह्रो छ । कोहलीको यो संन्यासमा उमेर, परिवारसँग समय बिताउने चाहना, निरन्तरको आलोचना र भारतीय क्रिकेटको आन्तरिक राजनीति कारणहरु हुन सक्छन् ।
कोहलीले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेका छन्, ‘म सधैं मेरो टेस्ट करियरलाई मुस्कानसाथ सम्झिरहनेछु । #३२६९ साइन अफ ।’