काठमाडौं । साबिक विजेता बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै घरेलु टोली भारतले साफ यु-१९ च्याम्पियनसिपको उपाधि जितेको छ ।
अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो ।
खेलको दोस्रो मिनेटमै भारतले सिंगमयुम शामीको गोलमार्फत अग्रता लिएको थियो । ६१औं मिनेटमा जोय अहमदले बंगलादेशका लागि बराबरी गोल फर्काए ।
सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३-० तथा बंगलादेशले नेपाललाई २-१ ले पराजित गरेका थिए ।
भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो । यो प्रतियोगिता साफ यु-१८, १९ र २० च्याम्पियनसिपको नाममा हुँदै आएको छ ।
भारतले यसअघि सन् २०१९ मा यु-१८, २०२२ मा यु-२० र २०२३ मा यु-१९ काे नामले आयोजित च्याम्पियनसिपको उपाधि जितेको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP