काठमाडौं । काठमाडौं । –पद्मकृष्ण श्रेष्ठ । ढाका बसाइको एउटा मीठो अनुभव हाम्रो सम्मानमा दिइएको एउटा रात्रिभोज पनि रह्यो । त्यो खासमा तत्कालीन पूर्वी पाकिस्तानको फुटबल संघले दिएको आतिथ्यता नै थियो । तर त्यसमा सबैभन्दा ठूलो भूमिका खेलेका थिए, त्यहाँका गभर्नरले । अझभन्दा हुन्छ, त्यो रात्रिभोज नै उहाँको आयोजनामा भएको थियो । त्यतिबेला पूर्वी पाकिस्तानको सबैभन्दा ठूलो र उच्च पद भनेकै गभर्नर हुन्थ्यो ।
गभर्नरले मूल पाकिस्तानको प्रतिनिधित्व गरेर ढाकामा सबै राजनीतिक र प्रशासनिक काम गथ्र्यो । त्यो बेला पूर्वी पाकिस्तानमा ठूला र उच्च पदमा जति थिए, ती सबै पाकिस्तानतिरकै थिए, कोही बंगाली थिएनन् । ती गभर्नरको नाम मलाई ठ्याक्कै याद भएन । पछि उनी पाकिस्तानको ठूलै पदमा पुगे भनेको सुनेको थिएँ, सम्भवतः राष्ट्रपति नै । रात्रिभोजका बेला मैले उहाँलाई चिन्ने कुरा नै भएन ।
रात्रिभोजका क्रममा चारैतर्फ मेच राखिएको थियो र आफ्नो सुविधाअनुसार सबै बसेका थिए । म एउटा कुनामा थिएँ, यस्तोमा एक जना ठूलै पदका देखिने व्यक्ति मसँगै बस्न आउनुभयो । उहाँको पोसाक भने सामान्य नै थियो, खास विशेष केही पनि थिएन । त्यति मात्र होइन, उहाँसँग निजी सुरक्षाकर्मी पनि थिएन । उहाँले नै कुरा सुरु गर्नुभयो । कुराकानी अंग्रेजीमा भएको थियो ।
खासमा हाम्रा लागि धेरै अर्थमा तत्कालीन पूर्वी पाकिस्तानको भ्रमण सुखद रह्यो । हामीलाई दिइएको आतिथ्यता साँच्चै उच्चस्तरको थियो ।
कसैले मलाई उहाँ नै गभर्नर हो भनेर पनि भनेनन् । घोषणा पनि गरिएको थिएन, व्यवस्थापन पनि त्यस्तै थियो । कुराकानीकै क्रममा उहाँले मलाई अंग्रेजी त राम्रो रहेछ नि भनेर प्रशंसा गर्नुभयो । मैले हाँस्दै ठीकै हो भने । यसैक्रममा उहाँले मलाई आफू गभर्नर भएको बताउनुभयो । त्यसपछि म जुरुक्क उठें र अभिवादन गरें । उहाँले हात पनि मिलाउनुभयो ।
उहाँ म बसेको ठाउँमै आउनु पनि संयोग मात्रै थियो, आखिरमा उहाँले पनि मलाई चिन्ने कुरा थिएन । कुराकानीकै क्रममा उहाँले बसाइका बारेमा सोध्नुभयो । मैले सबै राम्रो रहेको जानकारी दिएँ । उहाँ खुसी पनि हुनुभयो । अहिले सम्झना आउँदा मलाई अझै पनि अचम्म लाग्छ । मैले त्यति बेला पूर्वी पाकिस्तानको सबैभन्दा सर्वोच्च पदमा रहेका व्यक्तिसँग कुरा गरिरहेको थिएँ ।
तर मलाई सुरुमै त्यसबारे केही पनि थाहा भएन । फेरि जे भयो, राम्रै भयो । सुरुमै थाहा भएको भए, म आत्तिने थिएँ कि † थाहा नभएकै कारण मैले उहाँसँग आत्मविश्वासले कुरा गर्न पाएँ । खासमा हाम्रा लागि धेरै अर्थमा तत्कालीन पूर्वी पाकिस्तानको भ्रमण सुखद रह्यो । हामीलाई दिइएको आतिथ्यता साँच्चै उच्चस्तरको थियो । हामीलाई गुनासो गर्नुपर्ने ठाउँ केही पनि थिएन ।
पूर्वी पाकिस्तानको त्यो बसाइका क्रममा हामीले एउटा के पनि महसुस गरेका थियौं भने त्यहाँ पाकिस्तान विरोधी भावना धेरै थियो ।
त्यही बेला पनि ढाकामा फुटबल निकै लोकप्रिय थियो । त्यहाँ व्यावसायिक फुटबल सुरु भइसकेको थियो । भौतिक पूर्वाधार पनि राम्रो थियो । यदि त्यो स्थितिको फुटबललाई राम्रोसँग व्यवस्थित ढंगले अगाडि बढाइएको भए, अहिलेको बंगलादेशी फुटबल साँच्चै उच्चस्तरको हुन्थ्यो । बंगलादेशले किन फुटबलमा सोचे जस्तो विकास गर्न सकेन, यो महत्त्वपूर्ण प्रश्न हो ।
पूर्वी पाकिस्तानको त्यो बसाइका क्रममा हामीले एउटा के पनि महसुस गरेका थियौं भने त्यहाँ पाकिस्तान विरोधी भावना धेरै थियो । हामीसँग कुराकानी गर्ने केहीले अब बंगलादेशको स्वतन्त्रताका लागि आन्दोलन सुरु हुनेछ भनेर भनेका पनि थिए । नभन्दै हामी पूर्वी पाकिस्तान गएको केही समयमै आन्दोलन सुरु भयो । सन् १९७१ मा आइपुग्दा बंगलादेश एउटा स्वतन्त्र देशको अस्तित्वमा आयो । (क्रमशः)
याे पनि
https://kheladi.com/football/27380
https://kheladi.com/football/27278
https://kheladi.com/football/27177
https://kheladi.com/football/27078
https://kheladi.com/football/27003
https://kheladi.com/football/26920
https://kheladi.com/football/26732
https://kheladi.com/football/26652
https://kheladi.com/football/26434