भाद्र ५, २०८२ शुक्रबार | २१:३३:४९
नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन ग्लोबल हुप फेस्टः प्रिमियरलाई बास्केटबल उपाधि भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई पाकिस्तान शाहीन्सले दियो नेपाललाई १४५ रनको लक्ष्य महिला लिग छनोटः स्टुडेन्टको सहज जित पाकिस्तान शाहीन्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

भुटानविरुद्ध नेपालको तीन परिवर्तन, गोलपोस्टको जिम्मेवारी लक्ष्मीलाई

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

शुक्रबार प्रतियोगिताको आफ्नो दोस्रो खेलमा मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो रोजाईका गोलकिपर झरना डुम्राकोटीलाई आराम दिँदै लक्ष्मी ओलीलाई मौका दिएका छन् । लक्ष्मीसँगै लेफ्ट ब्याक अनु माझी र सेन्ट्रल मिडफिल्डर रविना विकले आज पहिलो रोजाईमा मौका पाएका छन् ।

रविना र अनु दुवै भारतविरुद्धको पहिलो खेलमा पहिलो हाफमै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा झरनालाई प्रतिस्थापन गरेकी लक्ष्मीले पनि केही मिनेट पाएकी थिइन् ।

भुटानको आक्रमणलाई रोक्ने जिम्मेवारी सेन्ट्रल डिफेन्डरद्धय अलिजाकुमारी विक र अन्सु विकलाई हुनेछ । अलिजाले भारतविरुद्ध लेफ्ट ब्याकको जिम्मेवारी निभाएकी थिइन् । अलिजालाई सेन्ट्रल डिफेन्समा प्रयोग गरिँदा मिनमाया श्रेष्ठलाई आराम दिइएको छ । अलिजा र अन्सुलाई राइट साइडमा ग्यान्सु डोल्मा लो र लेफ्ट साइडमा अनु माझीले साथ दिनेछन् ।

कप्तान भूमिका बुढाथोकीले लेफ्ट साइड र बबतिका कार्कीले राइट साइडबाट टोलीको आक्रमण बुन्नेछन् । ४-४-२ को शैलीमा मैदान उत्रिरहेको टोलीको सेन्ट्रल मिडफिल्डमा रवीना विक र उपकप्तान सहरा लिम्बु हुनेछन् ।

अग्रपङ्क्तिको जिम्मा यमकुमारी विक र अनिता रानामगरलाई नै दिइएको छ ।

खेल चाङ्लिमिथाङ रंगशालामा  नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP