काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सहभागी हुन एपिएफ क्लब शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । २० खेलाडीसहित २९ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान गरेको हो ।
एपिएफले यही प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा चेतन घिमिरेलाई अनुबन्ध गरेको छ । ए लाइसेन्स प्राप्त घिमिरे नेपाल पुलिस क्लबमा मुख्य प्रशिक्षक हुन् । यस्तै, विभागीय टोली एपिएफले रक्षकहरु नेपाल पुलिसबाटै समिक्षा घिमिरे र त्रिभुवन आर्मी क्लबबाट विमल विक अनुबन्ध गरेको छ ।
यसपटक एपिएफको टिममा सावित्रा भण्डारी र प्रीति राई हुने छैनन् । दुबै खेलाडी विदेशी क्लबमा अनुबन्ध हुँदा एपिएफले उनीलाई गुमाएको हो । गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भने यही प्रतियोगिताका लागि नेपालमा छिन् ।
अनिता बस्नेत कप्तान रहेको एपिएफले समूह ‘बी’ मा आयोजक नासाफ, मलेसियाको कलेज अफ एसिया स्कलर्स र साउदी अरेबियाको अल नासरसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेल आयोजक नासफसँग सोमबार नासफसँग रहेको छ । दोस्रो खेलमा बिहीबार मलेसियन टोली र अन्तिम खेल आइतबार साउदीको अल नासरसँग खेल्ने तालिका छ ।
समूहको शीर्ष स्थानमा रहने टोली सिधै समूह चरणमा स्थान बनाउनेछन् ।यस्तै, उत्कृष्ट एक टिमपनि अर्काे चरणमा पुग्नेछन् ।
एपिएफका प्रशिक्षक घिमिरेले नेपाली खेलाडीकै मेहनतले दोस्रो चरणमा स्थान बनाउने लक्ष्य रहेको बताएका छन् । ‘अहिले हामीले नेपालमै रहेका खेलाडीबाट टिमलाई अर्काे चरणमा पुर्याउने योजना बनाएका छौं । सोहीअनुसार तयारी पनि राम्रो भएको छ ।’
एपिएफ टोलीः
गोलकिपरः अञ्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना, सावित्री किसन
रक्षकः समिक्षा घिमिरे, विमल विक, निशा थोकर, गीता राना, मनमाया दमाई, प्रतिक्षा चौधरी, सजनी थोकर, हिराकुमारी भुजेल
मिडफिल्डरः अनिता बस्नेत, सरु लिम्बू, रेनुका नगरकोटे, सविता राना मगर, सरस्वती हमाल, हिरा रावत
स्ट्राइकरः रश्मीकुमारी घिसिङ, अनिता केसी, कुसुम खतिवडा