माघ ५, २०८२ सोमबार | ०६:३१:३९
एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो

'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं'

तस्बिर सौजन्यः अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसी

काठमाडौं । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बिहीबार सार्वजनिक गरिएको एनओसी तदर्थ समितिका ९ सदस्यसँग सात दिने स्पष्टिकरण माग गर्ने जनाएको छ ।

शुक्रबार कार्यसमितिको ३१औं बैठकबाट यस्तो निर्णय गरिएको महासचिव राजीव श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्थाविपरित घोषणा गरिएको तथाकथित तदर्थ समितिका ९ जना सदस्यमध्ये एनओसीको विधानअनुसार सम्बन्धित व्यक्तिहरुलाई सात दिनभित्र जवाफ पेश गर्ने गरि स्पष्टीकरण माग गर्ने र उक्त पत्र सम्बन्धित अन्तर्राष्ट्रिय निकायमा बोदार्थ पठाउने निर्णय भएको छ,’ महासचिव श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तदर्थ समितिले एनओसी, आइओसी, ओसिए र एनकको लोगो तथा सातदोबाटोस्थित एनओसी मुख्यालय भवन प्रयोग गरेकोमा पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले आपत्ति जनाएको छ । तदर्थ समितिले यी सबथोक प्रयोग गर्नु आफैमा अनधिकृत रहेको भन्दै त्यसो नगर्न र जबरजस्ती गर्नेलाई कार्वाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको महासचिव श्रेष्ठले जनाएका छन् ।

‘आइओसी र ओसिएको पूर्ण सहयोगमा निर्माण भएको ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले विज्ञप्तिमा अगाडि लेखेका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate