काठमाडौं । च्याम्पियन बनिसेको बार्सिलोना स्पेनिस ला लिगामा आइतबार भियारियलसँग ३-२ ले पराजित भएको छ।
जितसँगै ३७ खेलमा ६७ अंक जोडेर पाँचौं स्थानमा रहेको भियारियालले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने भएको छ । पराजित बार्सिलोनाले समान खेलबाट ८५ अंक जोडेको छ ।
ओलिम्पिक लुइस कम्पनिज रंशालामा पाहुना टोली भियारियाललाई जित दिलाउन आयोजे पेरेज, सान्ती कोमेसाना र ताजोन बुकेननले गोल गरे । बार्सिलोनाका लागि लामिन यामल र फिर्मिन लोपेजले गोल गरे ।
खेलको चौथो मिनेटमै पेरेजको गोलमार्फत भियारियालले अग्रता लिएको थियो । ३८औं मिनेटमा यामलले बार्सिलोनालाई बराबरीमा ल्याए ।
पहिलो हाफकाे इन्जुरी सायमा लोपेजले गोल गर्दा बार्सिलोना २१ ले अगाडि बढ्यो । ५०औं मिनेटमा कोमेसानाले भियारियालका लागि बराबरी गोल गरे ।
बुकेननले ८०औं मिनेटमा गोल गर्दै भियारियाललाई ३-२ को रोमाञ्चक जित दिलाए ।
आइतबारै सम्पन्न खेलमा रियाल मड्रिडले सेभियाविरुद्ध २-० को जित दर्ता गर्यो ।