काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले पोर्चुगिज क्लब बेन्फिका छड्ने भएका छन् । यससँगै उनी फ्रि ट्रान्सफरमा उपलब्ध हुनेछन् ।
उनले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने निर्णय लिएको जानकारी गराए । ‘कडा परिश्रम र मिहेनतका बाबजुद हामीले यो सिजन कुनै उपाधि जित्न सकेनौं । यसमा दुख लागेको छ । तर फेरि बेन्फिकाको जर्सीमा मैदान उत्रिन पाएकोमा मलाई गर्व छ । यो साथ र समर्थका लागि सबैलाई विशेष धन्यवाद,’ डी मारियाले लेखेका छन्,‘ बेन्फिकाले मलाई विश्व फुटबलमा चिनाउन मद्दत गर्यो । यो क्लब मेरो मनमा संधै रहिरहने छ ।
डी मारिया सन् २०२३ मा इटालियन क्लब युभेन्टस छाडेर बेन्फिका फर्किएका थिए । उनले बेन्फिका फिर्कएपछि ५१ पोर्चुगिज प्रिमियर लिग खेलमा १७ गोल गरे ।
अर्जेन्टिनाको रोसारियो सेन्ट्रलबाट व्यवसायीक करियर सुरु गरेका डी मारियाले बेन्फिका, रियाल मड्रिड, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन (पिएजी), र युभेन्टसबाट खेले ।