काठमाडौं । च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सिजनको अन्तिम खेलमा एजे औक्सेरविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै पिएसजीले ३४ खेलमा ८४ अंक जोड्यो । यो दोस्रो स्थानको मार्सेको भन्दा १९ अंक बढि हो ।
पराजित औक्सेरले समान खेलबाट ४२ अंकका साथ ११औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन ख्विचा क्वारत्स्खेलियाले दुई तथा मार्किन्होसले एक गोल गरे । औक्सेरका लागि लासिन सिनेयोकोले गोल गरे ।
खेलको ३०औं मिनेटमा सिनेयोकोको गोलमार्फत औक्सेरले अग्रता लिएको थियो । ५९औं मिनेटमा क्वारत्स्खेलियाले पिएसजीलाई बराबरीमा ल्याए ।
मार्किन्होसले ६९औं मिनेटमा गोल गर्दै पिएसजीलाई २-१ ले अगाडि बढाए । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा क्वारत्स्खेलियाले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-१ को पुनरागमन जित दिलाए ।