अस्ट्रेलियन ओपन

सोझो सेटमा जित निकाल्दै स्वायटेक चौथो चरणमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छन् ।

पोलिस खेलाडी स्वायटेकले तेस्रो चरण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा  स्पेनकी क्रिस्टिना बुक्सालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित मार्ग्रेट कोर्ट एरिनामा स्वायटेकले खेल ६-० र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

स्वायटेकले कोलम्बियाकी क्यामिला ओसोरियोलाई ६-२ र ६-३ तथा बुक्सले क्यानडाकी बियन्का एन्ड्रेस्कुलाई २-६, ७-६ (९-७) र ६-४ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका थिए ।

स्वायटेकले चौथो चरणमा काजकिस्तानकी इलिना रिबाकिनाको सामना गर्नेछिन् । रिबाकिना अमेरिककी ड्यानिल कोलिन्सलाई ६-२, ५-७ र ६-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् ।

यसैगरी अमेरिकाकी कोको गौफले पनि आफ्नै देशीकी ब्रेर्नार्डा पेरालाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेकी छन् ।