अस्ट्रेलियन ओपन

नोरी तेस्रो चरणमा

काठमाडौं । बेलायती टेनिस स्टार क्यारुन नोरीले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको तेस्रो चरणमा प्रवेश गरेका छन् ।  

नोरीले दोस्रो चारण अन्तर्गत बुधबार सम्पन्न खेलमा फ्रेन्च खेलाडी कोन्सटेन्ट लेस्टिनमाथि ३-१ सेटको जित निकालेका हुन् ।

कोर्ट १३ मा नोरीले खेल ६-३, ३-६, ७-६ (७-२) र ६-३ ले आफ्नो पक्षमा पारे ।

नोरी लुकास भान एस्चेलाई  ७-६(७-३),६-० र ६-३ तथा लेस्टिन ब्राजिलका थियागो मोन्टिरोलाई ६-३,७-६ (७-२) र ६-३ ले हराउँदै दोस्रो चरण प्रवेश गरेका थिए ।

नोरीले तेस्रो चरणमा चेक रिपब्लिकका जिरी लेहेच्काको सामना गर्नेछन् । लेहेच्का  अमेरिकाका क्रिटाफर इडुबैंक्सलाई ६-४,  ६-४, ३-६ र ६-३ ले पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

यसैगरी ग्रिसका स्टेफानो सित्सिपासले पनि घरेलु खेलाडी रिन्की हिजिकातालाई ६-३, ६-० र ६-२ तथा क्यानडका डेनिस शपोभालोभले जापानका टारो ड्यानियललाई ६-३,७-६(७-३) र ७-५ को सोझो सेटमा  हराउँदै तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।