अस्ट्रेलियन ओपन

नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिएपछि भावुक बनिन् पत्नी मारिया

फाइल फोटो

मेलबर्न । साबिकको विजेता राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाट बाहिरिएपछि उनकी पत्नी मारिया फरान्सिका पेर्लो भावुक बनेकी छन् ।

नाडालकी पत्नी मारिया र प्रशिक्षक कार्लोस मोया भावुक हुँदै आखाँबाट आँसु खसाल्दै खेल हेरिरहेका थिए ।

चोटबाट गुर्जिएका नाडाल बुधबार भएको खेलमा अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डसँग ४-६,४-६ र ५-७ ले पराजित भएका थिए ।

रोड लेभर मैदानमा खेल चलिरँहदा  कम्मरमा समस्या देखिएपछि दोस्रो सेटमा ४-६  र ३-५ को अवस्था हुदाँ फिजियोलाई बोलाएका नाडाल उपचारका लागि कोर्ट छाडेर बाहिर गएका थिए । केहि समयपछि खेलमा फर्किए पनि उनी पराजित हुन पुगे ।

म्याकडोनाल्डले खेलपछि नाडाललाई साहनुभुति दिएका छन् । ‘यस्तो अवस्थामा मानसिक रुपमा बलियो हुन निकै गाह्रो हुन्छ,’म्याकडोनाल्डले भने,,‘खेलमा जित निकाल्दा म खुसी छु । नाडाल च्याम्पियन हुन् र सधैं च्याम्पियन नै रहनेछन् । मलाई विश्वास छ उनि चाडै ठिक हुनेछन् ।’