अस्ट्रेलियन ओपन

जोकोभिचको विजयी सुरुआत

काठमाडौं । सर्वियन टोनिस स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा विजयी सुरुआत गरेका छन् ।

जाकोभिचले मंगलबार सम्पन्न पहिलो चरण अन्तर्गतको खेलमा स्पेनका रोबर्टो बेइनालाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।

जोकोभिचले मेलबर्नस्थित रोड लेभर एरिनामा खेलमा ६–३,६–४ र ६–० ले आफ्नो पक्षमा पर्दै दोस्रो चरणमा स्थान बनाए । जितसँगै उनले आफ्नो पुनरागमनलाई सुखद बनाएका छन् । गत वर्ष कोरोना खोप नलगाएका कारण जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाएका थिएनन् ।

यसैगरी बेलायतका एन्डी मरे,अमेरिकाका टाइलर फ्रिट्ज, रूसका आन्द्रे रुबलेभ र जर्मनीका एलेक्सजेन्ड जेभरेभले पनि आ– आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा स्थान सुरीात गरेका छन् ।