अस्ट्रेलियन ओपन

चीनको पुरुष टेनिसले ठूलो उपलब्धी हासिल गर्ने साङको विश्वास

सिड्नी । अस्ट्रेलियन ओपनको पहिलो चरणमा प्रतिस्पर्धा गर्ने पहिलो चिनिया पुरुष खेलाडी बनेसँगै साङ जुनचेङले भविष्यमा अझ धेरै उपलब्धी हासिल गर्ने लक्ष्य रहेको बताएका छन ।

१७ वर्षका साङ जारी अस्ट्रेलियन ओपनमा पुरुषतर्फ प्रतिस्पर्धा गर्ने सबैभन्दा कान्छा खेलाडी हुन । 

सोमबार सम्पन्न पहिलो चरणमा उनले ओस्कार ओटीमाथि ६-२,६-४,६-७ (२-७),७-५ को जितसहित दोस्रो चरणमा स्थान बनाएका थिए ।

दोस्रो चरणमा साङले १६ वरियताका फ्रान्सिस्को टियाफोईसँग प्रतिस्पर्धा गर्नेछन । साङ पहिलो चरणमा आफूले निकालेको जितले चीनको टेनिसमा ठूलो अर्थ राख्ने बताउछन ।

‘चीनको पुरुष टेनिसमा यो ठूलो सफलता हो’, उनले भने, ‘चिनिया महिला टेनिस खेलाडीहरु उत्कृष्ट छन । तर पुरुष टेनिसमा भने अहिलेसम्म कसैले पनि खासै चर्चा कमाएका छैनन । हामी प्रतियोगितामा सहभागी छौ र म त्यसको पात्र बन्दा खुशी लागेको छ । आशा छ भविष्यमा चीनको पुरुष टेनिसले थप उपलब्धी हासिल गर्छ ।’