अस्ट्रेलियन ओपन

स्वायटेक दोस्रो चरणमा

काठमाडौं । पोलिस टेनिस स्टार इगा स्वायटेकले अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा विजयी सुरुआत गरेकी छन् ।

इगाले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा जर्मनीकी जुली निइमेइरलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

इगाले  मेलबर्नस्थित रोड लेभर एरिनामा खेल ६-४ र ७-५ ले आफ्नो पक्षमा पारिन् ।

स्वायटेकले दोस्रो चरणमा कोलम्बियाकी क्यामिला ओसोरियोको सामना गर्नेछिन् । क्यामिला हंगेरीकी पान्ना उड्भार्डीलाई ६-४ र ६-१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हन् ।

यसैगरी बेलारुसकी भिक्टोरिया ओजारेन्काले अमेरिकाकी सोफिया केनिनलाई ६-४ र ७–६ (७-३) तथा काजकिस्तानकी  इलिना रेबाकिनाले  इटालीकी एलिसाबेटा कोकियारिटोलाई ७-५र ६-३ ले पराजित गर्दै दोस्रो चारणमा स्थान बनाएका छन् ।