अस्ट्रेलियन ओपन

नोरी विजयी

काठमाडौं ।  बेलायती  टेनिस स्टार क्यारुन नोरीले  अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

नोरीले पहिलो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा फ्रान्सका लुकास भान एस्चेलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

मेलबर्नको किया एरिनामा  नोरीले खेल ७-६(७-३), ६-० र ६-३ ले आफ्नो पक्षमा पर्दै दोस्रो चारणमा स्थान सुरक्षित गरे ।

यसैगरी साबिकको विजेता स्पेनिस राफेल नाडालले  बेलायतका ज्याक ड्रपेरलाई  ७-५, २-६, ६-४ र ६-१, इटालीका जानिक सिनरले बेलायतका कायल एड्मन्डलाई ६-४, ६-० तथा ६-२ तथा जापानका टारो डानियलले अमेरिकाका इर्नेस्टो इस्कोबिडोलाई ७-५,६-२, ३-६ र ६-३ ले पराजित गर्दै दोस्रो चारणमा स्थान सुरक्षित गरेका थिए।