अस्ट्रेलियन ओपन

नाडालको उपाधि रक्षाको लक्ष्यमा जोकोभिचको चुनौती

सिड्नी । गत वर्ष अस्ट्रेलियन ओपन राफेल नाडालाका लागि राम्रो अवसर बन्यो । कोभिड १९ विरुद्धको खोप नलगाएका कारण नोभाक जोकोभिचलाई अस्ट्रेलियाले स्वदेश फर्काएको थियो । 

जोकोभिचको अनुपस्थितीमा नाडालले कीर्तिमानी २२औं ग्रान्ड स्लाम जिते । आजबाट सुरु हुने वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनमा नाडाललाई यस पटक पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ । तर प्रतियोगितामा जोकोभिचको पुनरागमन नाडालको उपाधि यात्रामा बाधक बन्न सक्छन ।

विश्व नम्बर एक कार्लोेस अल्भारेजले चोटका कारण अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका थिए ।

गत वर्ष फ्रेन्च ओपनको क्वार्टरफाइनलमा जोकोभिचलाई नाडालले रोकेका थिए । तर निक किर्गियोसलाई हराउदै जोकोचिभ विम्बल्डन भने जित्न सफल भएका थिए । उनले हालै मात्र एडिलेड ओपन जितेका थिए । जोकोभिच अस्ट्रेलियन ओपनमा कीर्तिमानी नौ पटकका विजेता हुन ।