टेनिस

दुई फरक प्रतियोगिताका लागि ६ टेनिस खेलाडी छनोट

सांकेतिक तस्बिर

काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान तीन पुरुष तथा महिला गरी ६ खेलाडी  छनोट भएका छन् ।

जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको  नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले बुधबार जनाएका छन् ।


डेभिस कपमा आयुशमान हजुर घले,श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । यसैगरीकिङ कपमा सुनिरा थापा,जेनी खड्का र प्रशंसा मोक्तानले सहभागिता पक्का गरेका छन् ।
 

दुवै प्रतियोगिता श्रीलंकाको कोलम्बोमा फ्रेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ । दुवै प्रतियोगिता यु–१६ उमेर समूहको हो ।

 

कोलम्बोमै फेब्रुअरी १३ देखि १७ तारिखसम्म हुने आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि पनि खेलाडी छनोट प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छनोट जनवरी २२ तारिखमा हुने कार्यालय सचिव देवकोटाले जानकारी गराए । यु–१४ उमेरसमूहको प्रतियोगितालाई नेपालबाट समान तीन  पुरुष तथा महिला खेलाडी छनोट गरिने छ ।