टेनिस

क्यान्सरलाई जित्नेमा म विश्वस्त छु: मार्टिना

काठमाडौँ । पूर्व टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभालाई घाटिँ र स्तन क्यान्सर भएको छ ।


६६ वर्षिय मार्टिनाले क्यान्सर पत्ता लागेपछि आफूले हिम्मत नहार्ने बताएकी छन् । यसअघि,सन् २०१० मा पनि मार्टिनाको स्तनमा क्यान्सर देखिएको थियो । त्यतीबेला ६ महिनाको उपचारपछि ठिक भएको थियो ।

‘दोस्रो पटक देखिएको क्यान्सर निकै घातक छ । तर,पनि म ठिक छु । आशा गरौँ की सबै ठिक होस्’,  मार्टिनाले  ट्विटरमार्फत भनेकी छन्,मलाई माया र साथ दिने सबैलाई धन्यबाद दिन चाहन्छु । ’

महिला टेनिसलाई उचाउमा पु¥याउन महत्वपूर्ण भुमिका निवार्ह गरेकी मार्टिनाले खेल जिवनभर १८ ग्रान्ड स्लामसहित  ५९ उपाधि जितेकी थिइन् ।

चेकोस्लोभाकिया र अमेरिकाको प्रतिनिधत्व गर्दै टेनिस खेलेकी मार्टिनाले सन् २००६ मा सन्यास लिएकी थिइन् ।