इम्मा राडुकानु

राडुकानु र विलियम्स आमनसामने हुने

न्युयोर्क । २३ पटककी च्याम्पियन सेरेना विलियम्सले करियरको अन्तिम ग्रान्डस्लामको रुपमा युएस ओपन खेल्दै छिन् । अगस्ट ३१ देखि सुरु हुने प्रतियोगिताको महिला एकलतर्फको तयारीमा रहेकी विलियम्सले त्यसअघि हुने अभ्यास खेलमा युएस ओपनकी साविक विजेता इम्मा राडुकानुसँग खेल्ने भएकी छन् ।

यसअघि नै युएस ओपनपछि सन्यास लिने घोषणा गरिसकेकी विलियम्सले प्रतियोगिताको कठिन सुरुआत गर्नुपर्ने भएको छ । शनिबार जारी भएको वेस्टर्न एन्ड साउदर्न ओपनको ड्रअनुसार विलियम्स र राडुकानुको भेट निश्चित गरेको हो ।

गत वर्षको फाइनलमा क्यानडाकी खेलाडी लेला फर्नान्डेजलाई पराजित गर्दै राडुकानुले १८ वर्षको उमेरमा युएस ओपन जितेकी थिइन् ।