विम्बल्डन टेनिस

क्वार्टरफाइनलबाटै बाहिरिइन स्वायटेक

काठमाडौं। विश्व नम्बर एक इगा स्वायटेक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।

पोलिस स्टार स्वायटेक युक्रेनकी एलिना स्विटोलिनासँग २-१ को सेटमा पराजित भएकी हुन् ।

पहिलो सेट ५-७ ले गुमाएकी स्वायटेकले दोस्रो ७-६ (७-५) ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेट गरेकी थिइन् । तर तेस्रो तथा निर्णयक सेट ६-२ ले गुमाउँदा स्वायटेको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो ।

अन्तिम १६ मा स्वायटेकले बिलिन्डा बेनिच तथा स्विटोलिनाले भिक्टोरिया अजारेन्कालाई हराएका थिए ।

७६औं वरीयताकी स्विटोलिनाले सेमिफाइनलमा चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभाको सामना गर्नेछिन् । भोन्ड्रोउसोभाले अमेरिकी जेसिका पेगुलालाई ६-४, २-६ र ६-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हु्न् ।