एसियन टेबल टेनिस प्रतियोगिता

दक्षिण कोरिया जाने टेबल टेनिस टोलीको बिदाइ

काठमाडौं । २६औं एसियन टेबल टेनिस प्रतियोगितामा सहभागि हुन दक्षिण कोरिया जाने नेपाली टोलीको बिदाइ भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे ।

भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालले पुरुष \महिला सिंगल्स, डबल्स, टिम र मिक्स गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा पुरुषतर्फ संगोग कपाली, रुविन महर्जन र विलेश श्रेष्ठ तथा महिलातर्फ सिक्का सुवाल श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउने छन् ।

यसैगरी सन्जिब ढुङ्गेलले टोलीको प्रशिक्षण सम्हाल्नेछन्