चैत्र १९, २०८१ मंगलबार | ०५:५१:२०
कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित

आर्मी र गण्डकीलाई उपाधि

पोखरा । प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब र आयोजक गण्डकी प्रदेश च्याम्पियन बनेका छन् ।

प्रतियोगितामा आर्मी सिनियर तथा गण्डकी प्रदेश जुनियरतर्फ पहिलाे बने ।

आर्मीले ६ स्वर्ण, चार रजत र पाँच कांस्य पदक जित्यो । गण्डकीले चार स्वर्ण, तीन रजत ९ कांस्य पदक हात पार्यो ।

सिनियर पुरूष फोइल व्यक्तिगतर्फ नेपाल आर्मीका वीर सिंहले स्वर्ण पदक हात पार्दा नेपाल आर्मीकै मिन कार्कीले रजत पदक प्राप्त गरे । त्यस्तै सुदूरपश्चिमका लक्ष्य शाही र आर्मीका नरेन्द्र धामीले कांस्य  पदक जिते ।

सिनियर महिला फोइल व्यक्तिगततर्फ बागमतीकी गोमा आचार्यले स्वर्ण पदक हात पारेकी छन् । उनले फाइनलमा नेपाल आर्मीकी रमा सिंहलाई पराजित गरिन् । नेपाल आर्मीका आशाकुमारी गुरुङ र मनिषा थापाले कांस्य पदक जिते ।

यता जुनियर पुरुष इपी व्यक्तिगततर्फ गण्डकीका सचिन खत्रीले स्वर्ण पदक जिते । उनले सुदूरपश्चिमका भरत देवलाई पराजित गरे सुदूरपश्चिमका प्रवीण शाह र गण्डकीका प्रशान्त गुरुङले कांस्य पदक हात पारे ।

जुनियर महिला इपी व्यक्तिगको फाइनलमा सुदूरपश्चिमकी निनिषत भण्डारीले गण्डकीकी निति खाँडलाई पराजित गरिन् । गण्डककीका रिसिका कँडेल र अपेक्षा पौडेलले कांस्य पदक जिते ।

गण्डकीले जुनियर इपी टिम इभेन्टमा स्वर्ण पदक हात पार्याे । सो स्पर्धामा बागमतीले रजत पदक तथा सुदूरपश्चिमले कांस्य पदक हात पारे  ।

फोइल टिम इभेन्ट सिनियर पुरुषतर्फ आर्मीले स्वर्ण, एपिएफ क्लबले रजत तथा सुदुरपश्चिम र गण्डकीले कांस्य पदक जिते । महिलातर्फ नेपाल आर्मीले स्वर्ण, बागमती प्रदेशले रजत तथा गण्डकी र एपिएफले कांस्य पदक प्राप्त गरे ।

विजेतालाई नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, कोषाध्यक्ष एवं जुरी हेड अनुप कपाली, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, गण्डकी फेन्सिङ संघका अध्यक्ष विजय शाही, प्रतियोगिताका संयोजक महेश पौडेललगायतले ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित दुई विभागिय टोली नेपाल आर्मी क्लब र एपिएफ क्लब, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशका १७० खेलाडी र अफिसियलहरूको सहभागिता रहेको गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC