चैत्र १८, २०८२ बुधबार | १३:५१:०१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एनओसी विवादमा ओसिएको चासोः एनओसीविरुद्धको मुद्धा फिर्ता लिन इक्वेस्ट्रियन संघका अध्यक्ष राजकर्णिकारलाई दबाब

काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का महानिर्देशक हुसेन अल मुसल्लमले नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवाद समाधानका लागि सरोकारवालाबीच भएको सम्झौता पालनाका लागि नेपाल इक्वेस्ट्रियन संघलाई दबाब दिएका छन् ।

ओसिएको पहलमा यही मार्च ११ मा महानिर्देशक हुसेनकै अध्यक्षतामा बसेको सरोकारवालाबीचको बैठकबाट दुई बूदें सम्झौता भएको थियो ।

सरोकारवाला पक्षहरुबीचको बैठकले १५ दिनभित्र एनओसीको विशेष साधारणसभा बोलाएर एनओसीविरुद्ध अदालतमा मुद्धा दायर गरेका पाँच संघलाई पूर्ण सदस्यता प्रदान गर्ने र सबै संघले विना सर्त तत्काल मुद्धा फिर्ता लिने सम्झौता भएको थियो ।

सम्झौतामा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ, मोडर्न पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले हस्ताक्षर गरेका थिए ।

ओसिएका महानिर्देशक हुसेनले नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकारलाई पठाएको पत्र । 

उक्त बैठकमा एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको बताइएको थियो ।

सम्झौताअनुसार बुधबार विशेष साधारणसभा बोलाएर एनओसीले पाँचवटै संघलाई पूर्ण सदस्यता दिइसकेको छ । यसैगरि इक्वेस्ट्रियन बाहेकका संघहरुले पनि अदालतबाट मुद्धा फिर्ता लिइसकेका छन् ।

इक्वेस्ट्रियन संघले अदालतबाट मुद्धा फिर्ता नलिएको विषयलाई आफूहरुले निक्कै गम्भीरताका साथ लिएको जनाउ दिँदै हुसेनले संघका अध्यक्ष राजकर्णिकारलाई सोमबार चेतावनीमुलक भाषामा पत्र लेखेका छन् ।

‘मार्च ११ मा कुवेतमा भएको सम्झौताअनुसार नेपाल इक्वेस्ट्रियन संघले अहिलेसम्म पनि एनओसीविरुद्धको मुद्धा फिर्ता नलिएको विषय आश्चर्यजनक छ । एनओसी र बाँकी चार संघले सम्झौताअनुसार काम गरिरहेको अवस्थामा हस्ताक्षर गर्ने तपाईं आफैले सम्झौताको सम्मान नगर्नुले नेपाल ओलम्पिक मुभमेन्टले भोगिरहेका समस्या समाधान गर्नेमा तपाईं इच्छुक नरहेको देखिन्छ,’ पत्रमा हुसेनले लेखेका छन् ।

पत्रमा हुसेनले इक्वेस्ट्रियन संघका अध्यक्ष राजकर्णिकारलाई प्रश्न गरेका छन्, ‘तपाईं आफैले हस्ताक्षर गरेको सम्झौता पालना गर्नुहुन्छ की गर्नुहुन्न ?’

कुवेत सम्झौताअनुसार जुम साधारणसभामा सहभागी एनओसीका सदस्यहरु ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ महासचिवमा सर्वसम्मत भएका थिए ।

आफूहरुले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।

जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

अदालतमा मुद्धा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका छन् । आइओसी र ओसिएले पनि देशभित्रको कानुनी समस्या सुल्झाउनका लागि एनओसीलाई दबाब दिँदै आएको थियो ।

तर मार्च ११ मा ओसिएका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकबाट दुई बूदे सम्झौता भएपछि एनओसी विवाद समाधानको बाटोमा अघि बढेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो