चैत्र १६, २०८२ सोमबार | २२:५८:४७
राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट
शनिबारको दिन

१३० वर्षे ओलम्पिक इतिहासमा पहिलोपल्ट महिला नेतृत्व

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक परिषद (आइओसी) को स्थापना भएको थियो सन् १८९४ मा । यस्तोमा अन्तर्राष्ट्रिय खेलकुदको सबैभन्दा ठूलो यो संस्था आफैमा १३० वर्षको भइसकेको छ ।

यति लामो समयसम्म पनि आइओसी अध्यक्ष पदमा चाहिँ महिला नेतृत्व पुगेको रहेनछ । त्यसैले पनि यो संस्थाको समय समयमा आलोचना हुने गरेको छ । अब कम्तीमा यस्तो हुने छैन । किनभने आइओसीको नयाँ नेतृत्वमा महिलालाई पाएको छ ।

उनी हुन्, जिम्बावेकी क्रिस्टी कोभेन्ट्री । जिम्बावेली भएकी नाताले उनी यो संस्थाको अध्यक्ष हुने पहिलो अफ्रिकी पनि भएकी छन् । त्यतिमात्र होइन, उनी भर्खर ४१ वर्षकी भइन् । यति कम उमेरमा यति ठूलो जिम्मेवारीमा पुग्नु पनि आफैंमा ठूलो हो ।

आफू जितेपछि कोभेन्ट्रीको प्रतिक्रिया थियो, ‘यो मेरा लागि असाधारण उपलब्धि हो । मैले त्यस्तो काम मात्र गर्नेछु, जसले तपाईं सबैलाई गर्व र खुसी महसुस हुनेछ ।

त्यसैले पनि आइओसीको अध्यक्षमा कोभेन्ट्री आउनुलाई ठूलो अर्थमा हेरिएको छ । यसलाई ठूलो महत्त्व दिइएको छ । अन्तर्राष्ट्रिय मिडियाले पनि यसलाई बाक्लै रुचि देखाएको छ ।

निवर्तमान अध्यक्ष थोमस बाख (दायाँ) का साथ  क्रिस्टी कोभेन्ट्री । 

कभेन्ट्री आफैमा पुराना खेलाडी हुन् । त्यो पनि ओलम्पिकमा दुईपल्ट च्याम्पियन भएकी छन् । त्यसैले खेलकुदसँग उनको सम्बन्ध नयाँ भने होइन । आइओसीको भर्खरै मात्र ग्रिसमा नयाँ नेतृत्वका लागि चुनाव भएको हो । त्यो पनि पछिल्लो बिहीबार (चैत ७) मा मात्रै । चुनावअगाडि धेरैलाई लागेको थियो, अध्यक्ष पद जित्ने अरू नै हुन्, कम्तीमा कभेन्ट्री होइनन् । तर एउटा अर्को तथ्य भने निश्चित थियो, उनले राम्रै मत भने ल्याउने छिन् ।

यसको कारण हो, उनी पछिल्ला अध्यक्ष जर्मनीका थोमस बाखका सबैभन्दा नजिककी थिइन् । बाखले यी कोभेन्ट्री आफ्नै उम्मेदवार हुन् भने घोषणा त गरेनन्, तर व्यवहारमा त्यस्तै थियो । उनका दुई ठूला प्रतिद्वन्द्वी थिए, हुँआ एन्टोनियो सामराञ्च जुनियर र विश्व एथलेटिक्सका अध्यक्ष सेवास्टियन को । यस्तोमा निर्वाचन एकभन्दा बढी चरण जाने देखिएको थियो । यति पनि भएन । नयाँ अध्यक्षको निर्णय पहिलो चरणमै भयो ।

अबको ओलम्पिक आन्दोलन पुराना अनुहारमै मात्र सीमित हुनुपर्छ भन्ने छैन, कम्तीमा कोभेन्ट्रीको उदयले यही त देखाएको छ ।

कुल ९७ मतमध्ये कोभेन्ट्रीको पक्षमा ४९ खसेको थियो । सामरान्च जुनियरले २८ मत पाए भने कोले ८ मात्रै । आफू जितेपछि कोभेन्ट्रीको प्रतिक्रिया थियो, ‘यो मेरा लागि असाधारण उपलब्धि हो । मैले त्यस्तो काम मात्र गर्नेछु, जसले तपाईं सबैलाई गर्व र खुसी महसुस हुनेछ ।

ओलम्पिकमा जिम्मबावेको झण्डाका साथ क्रिस्टी कोभेन्ट्री । 

सबैप्रति म आभारी पनि छु । सानोमा मैले कुनै पनि बेला यति ठूलो जिम्मेवारीसम्म पुग्ने छु भनेर सोचेकी पनि थिइनँ । त्यसैले यो नेतृत्वले बोकेको जिम्मेवारीप्रति म सचेत छु ।’अबका दिनमा विश्व खेलकुदमा अफ्रिकाको प्रभाव धेरै हुने अनुमान गर्न सकिन्छ । आइओसीका लागि अबका दिन उत्तिकै चुनौतीपूर्ण छन् । अबको ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुँदै छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प आएयता त्यो ओलम्पिकमा यस्तै हुने हो भन्न गाह्रो छ । मुख्य कुरा के भने अबको ओलम्पिक आन्दोलन पुराना अनुहारमै मात्र सीमित हुनुपर्छ भन्ने छैन, कम्तीमा कोभेन्ट्रीको उदयले यही त देखाएको छ ।

सन् २००८ को ओलम्पिककी स्वर्ण विजेता क्रिस्टी कोभेन्ट्री (बीच) ।