काठामडौं । विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित दर्ता गरेका छन् ।
ललितपुरको च्यासल मैदानमा आर्मीका पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरे । पुरुषतर्फ समूह ‘ए’ को खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ३-० को जित निकाल्यो । आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गरे ।
यसैगरी महिलातर्फ आर्मीले मधेश प्रदेशविरुद्ध ७-० को फराकिलो जित दर्ता गर्यो । आर्मीका लागि सीमा खड्का र कमला चन्दले ह्याट्रिक गर्दा निलिमा पाण्डेको नाममा एक गोल रह्यो ।
यता पुरुषतर्फ समूह ‘बी’ को खेदमा पुलिसले पनि कर्णाली प्रदेशलाई ९-० ले हराउँदै सुखद सुरुआत गरेको छ । पुलिसलाई जित दिलाउन आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गरे ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतले गरेका थिए । सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति थियो ।