चैत्र २०, २०८१ बुधबार | १४:३६:४६
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

राष्ट्रिय हक्कीः सेमिफाइनल समीकरण पूरा

पोखरा । पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगतामा मंगलबार सेमिफाइनल समिकरण तयार भएको छ ।

समूह ‘ए’ बाट नेपाल आर्मी विजेता र कर्णाली प्रदेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरे । यसैगरी समूह ‘बी’ बाट नेपाल प्रहरीले विजेता र गण्डकी प्रदेशले उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरे ।

सेमिफाइनलमा आर्मीले गण्डकी तथा प्रहरीले कर्णालीको सामना गर्नेछन् ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार लिग चरणका ६ खेल सम्पन्न भए । आर्मीले मधेश प्रदेशलाई ६-० ले पराजित गर्यो । दोहोरो जित हात पारेको प्रहरीले कोशी प्रदेशलाई ४-१ तथा लुम्बिनी प्रदेशलाई ८-१ ले हरायो ।

नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगितामा कर्णालीले पनि दोहोरो जित आत्मासात् गर्यो । कर्णालीलै  बागमती तथा मधेश प्रदेशलाई समान २-० ले पराजित गर्यो ।

घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशविरुद्ध १०-० को फराकिलो जित निकाल्यो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल बुधबार हुने आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जाकारी दिइन्  ।

प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।