चैत्र १६, २०८२ सोमबार | १५:२०:५५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

भारतीय टोलीलाई हराउँदै पुलिस फाइनलमा

विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारि मनमोहन मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो ।

पुलिस समुह ‘बी’ को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन् । तीनै टोलीको समान दुई अंक रहे पनि पुलिस नेट रनरेटमा अघि रह्यो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आसामले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले २६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । पुलिसलाई फाइनल पुग्न लक्ष्य २८ ओभरमा पूरा गर्नुपर्ने थियो ।

पुलिसका लागि अमित श्रेष्ठले ७२ बलमा पाँच चौका र  तीन छक्का मद्दतले अविजित ७१ रन बनाए । यसैगरी  शंकर रानाले ६७ बलमा  समान चौका र छक्कासहित अविजित ६३ रन बनाए ।

पाँचौ विकेटको लागि अमित र शंकरले अविजित ११७ रनको साझेदारी गरेका थिए । आसामका लागि कप्तान गोकुल शर्माले तीन र  चिरन्तन खात्तिनियरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

आसामका लागि राज विश्वले सर्वाधिक ३३, अरुण सोनारले ३१, केभिन सञ्जिवले २३ तथा हियम कश्यपले १९ रन बनाए ।

पुलिसका लागि अरुण ऐरी र श्रवन यादवले समान तीन तथा विपिन खत्री, सुनिल दौल्याल, चित्र विस्ट र दिपक डुम्रेले समान एक विकेट लिए । 

पुलिसले उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले समूह ‘ए’ को विजेताका रूपमा फाइनल यात्रा तय गरेको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो