माघ १४, २०८२ बुधबार | १४:०१:३१
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

भारतीय टोलीलाई हराउँदै पुलिस फाइनलमा

विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारि मनमोहन मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो ।

पुलिस समुह ‘बी’ को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन् । तीनै टोलीको समान दुई अंक रहे पनि पुलिस नेट रनरेटमा अघि रह्यो ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा आसामले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले २६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । पुलिसलाई फाइनल पुग्न लक्ष्य २८ ओभरमा पूरा गर्नुपर्ने थियो ।

पुलिसका लागि अमित श्रेष्ठले ७२ बलमा पाँच चौका र  तीन छक्का मद्दतले अविजित ७१ रन बनाए । यसैगरी  शंकर रानाले ६७ बलमा  समान चौका र छक्कासहित अविजित ६३ रन बनाए ।

पाँचौ विकेटको लागि अमित र शंकरले अविजित ११७ रनको साझेदारी गरेका थिए । आसामका लागि कप्तान गोकुल शर्माले तीन र  चिरन्तन खात्तिनियरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

आसामका लागि राज विश्वले सर्वाधिक ३३, अरुण सोनारले ३१, केभिन सञ्जिवले २३ तथा हियम कश्यपले १९ रन बनाए ।

पुलिसका लागि अरुण ऐरी र श्रवन यादवले समान तीन तथा विपिन खत्री, सुनिल दौल्याल, चित्र विस्ट र दिपक डुम्रेले समान एक विकेट लिए । 

पुलिसले उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले समूह ‘ए’ को विजेताका रूपमा फाइनल यात्रा तय गरेको हो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate