काठमाडौँ । जापानी क्लब कावासाकी फ्रन्टेलसँग ३-२ ले पराजित हुँदै साउदी अरेबियन क्लब अल नासर एएफसी च्याम्पियन्स लिग इलिटबाट बाहिरिएको छ।
बुधबार राति सम्पन्न सेमिफाइनलमा कावासाकीलाई जित दिलाउन टाट्सुया इटो, युटो ओजेकी र अकिहिरो लेनागाले गोल गरे । अल नासरका लागि साडियो माने र आयमन याहयाले गोल फर्काए ।
खेलको १०औं मिनेटमा इटोको गोलमार्फत कावासाकीले अग्रता लिएको थियो । २८औं मिनेटमा मानेले अल नासरलाई बराबरीमा ल्याए ।
ओजेकीले ४१ औं मिनेटमा गोल गर्दा कावासाकी २१ ले अगाडि बढ्यो । ७६औं मिनेटमा लेनागाले कावासाकीको अग्रता ३-१ मा पुर्याए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा याहयाले गोल गर्दै अल नसारलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
कावासाकीले उपाधिका लागि साउदी क्लब अल अहलीको सामना गर्नेछ । अल अहलीले अल हिलाललाई ३-१ ले हराउँदै फाइन यात्रा तय गरेको हो ।