माघ १८, २०८२ आइतबार | २०:५९:१५
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो

काठमाडौं । पञ्जाव किङ्ससँग ४ विकेटले पराजित भएपछि  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल)को लिग चरणबाटै बाहिरिएको छ । लगातार खराब प्रदर्शनपछि पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफमा स्थान बनाउँनै असफल भयो । चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँच पटक आइपिएलको उपाधि उचालेको थियो ।

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदा एक सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  प्रत्युत्तरमा पञ्जावले दुई बलअघि ६ विकेट गुमाउँदै जित निकालेको हो । 

छैटौं जितले पञ्जावको प्लेअफ सम्भावना बढायो । टोली १० खेलबाट १३ अंकसहित दोस्रो स्थानमा उक्लियो । ९ खेलमध्ये जम्मा दुई जित निकालेको चेन्नई ४ अंकसहित पुछारमा रह्यो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा पुगेका अय्यरले ४१ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७२ रन बनाएका हुन् । ओपनर सिंहले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे । अय्यर र प्रभसिमरनबीच ५० बलमा ७२ रनको साझेदारी भएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको  चेन्नईको लागि साम करनले ४७ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८८ रन बनाएका थिए । डेवाल्ड ब्रेभिसले ३२ रनको योगदान गरे । करन र ब्रेभिसबीच चौथो विकेटको लागि ५० बलमा ७८ रनको बलियो साझेदारी भएको थियो ।

यता, पञ्जावका युजभेन्द्र चहलले ह्याट्रिक विकेट लिए । उनले ३ ओभरमा ३२ रन खर्चिँदै ४ विकेट लिएका थिए । चहलले १८ ओभरमा दीपक हुडा, अन्सुल कम्बोज र  नुर अहमदलाई आउट गराएका थिए ।

बिहीबार हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।