चैत्र १२, २०८२ बिहीबार | १७:०५:५४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

चेन्नई प्लेअफबाट बाहिरिँदा पञ्जावको सम्भावना बढ्यो

काठमाडौं । पञ्जाव किङ्ससँग ४ विकेटले पराजित भएपछि  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल)को लिग चरणबाटै बाहिरिएको छ । लगातार खराब प्रदर्शनपछि पाँच पटकको च्याम्पियन चेन्नई प्लेअफमा स्थान बनाउँनै असफल भयो । चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँच पटक आइपिएलको उपाधि उचालेको थियो ।

घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदा एक सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  प्रत्युत्तरमा पञ्जावले दुई बलअघि ६ विकेट गुमाउँदै जित निकालेको हो । 

छैटौं जितले पञ्जावको प्लेअफ सम्भावना बढायो । टोली १० खेलबाट १३ अंकसहित दोस्रो स्थानमा उक्लियो । ९ खेलमध्ये जम्मा दुई जित निकालेको चेन्नई ४ अंकसहित पुछारमा रह्यो ।

पञ्जावको जितमा कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहले अर्धसतक बनाए । तेस्रो नम्बर क्रिजमा पुगेका अय्यरले ४१ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ७२ रन बनाएका हुन् । ओपनर सिंहले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५४ रन जोडे । अय्यर र प्रभसिमरनबीच ५० बलमा ७२ रनको साझेदारी भएको थियो ।

यसअघि पहिला ब्याटिङ गरेको  चेन्नईको लागि साम करनले ४७ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८८ रन बनाएका थिए । डेवाल्ड ब्रेभिसले ३२ रनको योगदान गरे । करन र ब्रेभिसबीच चौथो विकेटको लागि ५० बलमा ७८ रनको बलियो साझेदारी भएको थियो ।

यता, पञ्जावका युजभेन्द्र चहलले ह्याट्रिक विकेट लिए । उनले ३ ओभरमा ३२ रन खर्चिँदै ४ विकेट लिएका थिए । चहलले १८ ओभरमा दीपक हुडा, अन्सुल कम्बोज र  नुर अहमदलाई आउट गराएका थिए ।

बिहीबार हुने खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो