कोपा इटालिया

युभेन्ट्स क्वार्टरफाइनलमा

मिलान । मोन्जामाथि २-१ को जित निकाल्दै युभेन्ट्स बिहीबार कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलको आठौ मिनेटमा मोइस किनले गरेको गोलमा युभेन्ट्सले अग्रता लिएको थियो । २४औं मिनेटमा माटिया भालोटीले मोन्जालाई खेलमा फर्काएका थिए । ७८औं मिनेटमा फेडरिको सेइसाले गरेको गोल युभेन्टसको जितमा पर्याप्त बन्यो ।

युभेन्ट्स गत साता इटालियन सिरी ए मा शीर्ष स्थानको नेपोलीसँग ५-१ ले पराजित भएको थियो । युभेन्ट्स १८ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा १० अंक कम हो । सेइसा चोट कारण लामो समय मैदान बाहिर रहेका थिए । उनको पुनरागमन युभेन्ट्सको उपाधि रक्षामा महत्वपूर्ण साबित हुने विश्वास लिइएको छ ।

सिरी ए मा युभेन्ट्सले आइतबार एट्लान्टा र मोन्जाले सासौलोको सामना गर्नेछ ।