काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हेल्प नेपालले कोशी प्रदेशविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
हेल्प नेपालले खेल २५-१४, २५ -२१,२५-१४ ले आफ्नो पक्षमा पार्यो ।
लगातार दोस्रो जितसँगै हेल्प नेपालले दुई खेलमा ६ अंक जोडेको छ । पराजित कोशी अंकविहिन छ ।
पहिलो खेलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३-१ ले हराउँदा कोशी आर्मीसँग ३-० को सेटमा पराजित भएको थियो ।
आइतबार नै सम्पन्न पुरुषतर्फको खेलमा आर्मीले बूढानीलकण्ठ तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई समान ३-० र पुलिसले एपिएफलाई ३-२ को सेटमा पराजित गरे ।
यसैगरी आइतबार नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-१ तथा एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरे ।