भाद्र २३, २०८१ आइतबार | ०८:२२:२३
जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा

सप्तरी प्रिमियर लिगः छिन्नमस्ता र कन्चनरुप विजयी

सप्तरी । राजविराजमा जारी सप्तरी प्रिमियर लिगको छैठौं संस्करणमा आइतबार छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी भएका छन्।

दिनको पहिलो खेलमा छिन्नमस्ता लायन्सले राजविराज राजदेवी-११ लाई ६ विकेटले हरायो ।

लगातार दोस्रो जितसँगै छिन्नमस्ताले दुई खेलमा चार अंक जोडेको छ । पराजित राजविराज राजदेवीको समान खेलबाट दुई अंक छ ।

राजविराज राजदेवीले प्रस्तुत गरेको ६९ रनको लक्ष्य छिन्नमस्ताले ९.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । छिन्नमस्ताका लागि लागि मायन यादवले ३२ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ४२ रन बनाए । अन्य ब्याटरले दोहारो अंकमा रन जोड्न सकेनन् ।

राजविराज राजदेवीका लागि रिजन ढकालले दुई तथा श्रवन यादव र जितेन्द्र यादवले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको राजविराज राजदेवी ११ ले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनको योगफल तयार पार्यो। राजदेवीका लागि विजय यादवले १६, दिलिप नाथले १४ तथा श्रवन यादवले १० रन बनाए ।

छिन्नमस्ताका लागि गुनानन्दले सर्वाधिक तीन तथा विशाल पटेल, मोहम्मद सोहेल र भीम सार्कीले समान दुई विकेट लिए।

यसैगरी दोश्रो खेलमा कन्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई २० रनले पराजित गर्यो। 

जितसँगै कन्चनरुपले दुई खेलमा दुई अंक जोडेको छ । दुवै खेलमा पराजित बलान बिहुल अंकविहिन ।

कन्चनरुपले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो।

बलान बिहुलका लागि बब्बु गोठीयाले ४१ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी साहिल पटेलले १३, सन्तोष कार्कीले १२ तथा विवेक यादवले ११ रन बनाए।

कन्चनरुपका लागि  दिनेश अधिकारी र  राहुल मण्डलले समान तीन तथा चित्रबहादुर विष्ट र अर्निको यादवले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कन्चनरुपले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रनको योगफल तयार पारेको थियो। कन्चनरुपका लागि लागि कप्तान राशिद खानले ३९, राहुल मण्डलले, ३७, राकेश कामतले २९ तथा महानन्द यादवले १९ रन बनाए ।

बलान बिहुलका लागि सन्तोष कार्कीले चार ओरभमा  १७ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी साहब आलमको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा सोमबार कन्चनरुप राइनोज र तिरुहट टाइगर्स तथा सनराइज ११ तिलाठी कोइलाडी र छिन्नमस्ता लायन्स प्रतिस्पर्धा गर्नेछन्। 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024