भाद्र २३, २०८१ आइतबार | ०७:०५:४७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ सम्पन्न

हुम्ला। नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न गरेको छ ।

हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार भएको कार्यक्रममा ओलम्पियनले आफ्ना संघर्ष र सफलताका कथा सुनाए ।

ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए ।

विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गरे पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए ।

त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुची दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे ।

हुम्लामा महत्वपुर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिँदै कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिवद्धता जनाए ।

ओलम्पियन एसोसिएसनले स्कुले बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा रुची जगाउन ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम  गर्दै आइरहेको छ ।

यसैक्रमा एसोसियसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै १ लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ । एसोसियसनका महासचिव भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए ।

महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे ।

हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले ओलम्पियन खेलाडीको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको बताए । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024