डालास । आइसिसी ट्वान्टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानाडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार बिहान अमेरिकाको डालासमा सुरु भएको विश्वकपमा क्यानाडाका ओपनर नावनीत धलिवाल तथा निकोलास किर्टनले अर्धसतक प्रहार । क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको याेगफल तयार पारेकाे थियाे ।
टस हारेर ब्याटिङ गरेको क्यानाडाको लागि धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काकाे मद्दतले ६१ रन जाेडे। किर्टनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाएपछि क्यानाडा बलियो याेगफलसम्म पुगेकाे हाे । दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएको थियो ।
यसैगरी ओपनर आरोन जाेनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए। श्रेयस मोभाले १६ बलमा ३२ रनको योगदान गरे । अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट हात पारे ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
