काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ । जुन १४ देखि सुरु भएको प्रतियोगिताले शुक्रबार बिहान भएका समूह चरणका अन्तिम चार खेलपछि अन्तिम-१६ मा प्रवेश गर्ने टोली पाएको हो ।
शुक्रबार भएको चार खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सविरुद्ध ५-२, वायडाड एसीविरुद्ध २-१, अल हिलालले पाचुकाविरुद्ध २-० र रियाल मड्रिडले रेडबुल साल्जबर्गविरुद्ध ३-० को जित दर्ता गरे ।
सहभागी ३२ टोलीलाई प्रत्येक समूहमा चार टोली रहने गरी आठ समूहमा विभाजन गरिएको थियो । जसबाट हरेक समूहका विजेता र उपविजेता अगाडि बढ्दा पुछारका दुई टोली भने बाििरए ।
अन्तिम-१६मा समूह ‘ए’को विजेता ब्राजिलियन क्लब पाल्मेरसले समूह ‘बी’को उपविजेता आफ्नौ देशको टोली बोटाफोगाेविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
यस्तै समूह ‘बी’बाट विजेता बन्दै अन्तिम-१६ को यात्रा तय गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले समूह ‘ए’को उपविजेता घरेलु टोली इन्टर मियामीको सामना गर्नेछ ।
यता समूह ‘सी’ को विजेता पोर्चुगिच क्लब बेन्फिकाले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘डी’ को उपविजेता इङ्लिस क्लब चेल्सीसँग प्रतिपर्धा गर्नेछ ।
यसैगरी समूह ‘डी’ को विजेताका रूपमा अगाडि बढेको ब्राजिलियन क्लब फ्लेमेन्गोको सामना समूह ‘सी’ को उपविजेता जर्मन क्लब बायर्न म्युनिखसँग हुनेछ ।
प्रतियोगिताको समूह ‘इ’बाट इटालियन क्लब इन्टर मिलान र मोन्टेरे तथा समूह ‘एफ’बाट जर्मन क्लब बोरुसिया डर्टमन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्सले क्रमशः शीर्ष दुईमा रहँदै अन्तिम-१६ को यात्रा तय गरेका छन् ।
अन्तिम-१६ मा मिलानले फ्लुमिनेन्स तथा डर्टमन्डले मोन्टेरेको सामना गर्नेछन् ।
प्रतियोगिताको समूह ‘जी’बाट म्यानचेस्टर सिटी विजेता तथा युभेन्टसले ले प्रिक्वार्टरफाइनल यात्रा तय गरे । ‘एच’बाट रियाल मड्रिड र साउदी अरेवियाको अल हिलालले अन्तिम-१६ मा स्थान बनाए ।
अब क्वार्टरफाइनल प्रवेशका लागि रियालले युभेन्टस तथा सिटीले अल हिलालको सामना गर्नेछ ।
प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल शनिबारदेखि सुरु हुनेछ । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई ब्राजिलियन टोली पाल्मेरस र बोटाफोगाे आमने सामने हुँदैछन् ।