असार १३, २०८२ शुक्रबार | १३:०६:०३
फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध फिफा क्लब विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा युथ टेबल टेनिस: नेपाल प्रिक्वार्टरफाइनलमा अल हिलाल अन्तिम १६ मा अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने शतप्रतिशत जित निकाल्दै म्यानचेस्टर सिटी समूह विजेता इङ्ल्यान्डको टोलीमा फर्किए जोफ्रा आर्चर मिलोस केर्केज लिभरपुलमा अनुबन्ध एपिएफले यु-१६ युथ लिगमा सहभागिता जनाउने नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर क्रिकेट लिग हुने केपा एरिजाबालागा आर्सनलमा अनुबन्ध

अन्तिम १६ मा रियाल मड्रिडले युभेन्टसको सामना गर्ने

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा इटालियन टोली युभेन्टसको सामना गर्ने भएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार अस्ट्रियन क्लब रेडबुल साल्जबर्गविरुद्ध ३-० को सहज जित निकाल्दै रियाल समूह ‘एच’ को विजेता बन्यो । यता युभेन्टस समूह ‘जी’ को उपविजेताका रूपमा अगाडि बढेको हो ।

लगातार दोस्रो जितसँगै रियालले तीन खेलमा सात अंक जोड्यो । पहिलो पराजय बेहोरेको साल्जबर्ग चार अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरियो ।

यो समूहबाट साउदी क्लब अल हिलाल उपविजेताका रूपमा अगाडि बढ्यो ।

लिंकन फाइनान्सियल फिल्डमा रियाललाई जित दिलाउन भिनिसियस जुनियर, फेडेरिको भाल्भर्डे र गोन्जालो गार्सियाले गोल गरे ।

खेलको ४३औं मिनेटमा जुनियरको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले जुड बेलिङ्घमको पासलाई पोस्टको दिशा दिए ।

पहिलो हाफको इन्जुरी समयमा भाल्भर्डेले टोलीको अग्रता दोब्बर बनाए । यस पटक जुनियरले गोलको अवसर सिर्जना गरेका थिए ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा गार्सियाले रियालका लागि तेस्रो गोल गरे । उनले सल्जबर्गका रक्षकको गल्तीको फाइदा उठाउँदै बल अगाडि बढाएर एकल प्रयासमा बललाई जाली चुमाए ।


भिडियो
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM